5 years ago
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगको बुधबारको खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबविरुद्ध १–० को अग्रता लिएको छ । २९ औं मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बुले पन्च गर्दै फर्काएपनि त्यहि रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए ।
स्टारहरुले भरिएको मछिन्द्रले गोल गर्ने केहि मौका चुकाएको थियो । २१औं मिनेटमा विशाल राईको फ्रिकिक गोलकिपर देव लिम्बुले उत्कृष्ट पञ्च गर्दै बचाए । २५औं मिनेटमा अभिषेक रिजालको हेडरले पोष्टको दिशा लिन सकेन । २७औं मिनेटमा एडिलाजा सोमिडेको प्रहार गोलकिपर देवले रोके । ३२औं मिनेटमा बुद्व चेम्जोङको प्रहार बाहिरियो ।
मछिन्द्रले अघिल्ला २ खेलमा १ जित र १ बराबरी निकालेको छ । ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको मछिन्द्र अर्को खेलमा च्यासल युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । गत वर्ष लिग अंक तालिकाको पुछारबाट दोस्रोमा रहेका कारण यसपटकको लिगबाट १ अंक घट्ने भएकाले मछिन्द्रको खातामा ३ अंक छ । फ्रेन्ड्सले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]