default_image

5 years ago

December 25, 2019

पोग्बा भित्र्याउने युभेन्ट्सको तयारी

91 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्स तथा आफ्ना पुर्व मिडफिल्डर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बालाई क्लबमा भित्र्याउने तयारी थालेको छ ।

यसका लागि युभेन्ट्सले पोग्बालाई टुरिनमा पुनः फर्काउन युनाईटेडसँग छलफल अघि बढाउने र पोग्बाका लागि ५२ मिलियन युरोसहित ईम्री क्यानलाई युनाइटेड पठाउन सकिने प्रस्ताव अघि सारेको छ ।

इटालियन पत्रिका टुट्टोका अनुसार पोग्बा ओल्ड ट्राफोर्ड छाड्न तयार रहेको र सिरी ए मा फर्कने विषयमा सकारात्मक छन् । सोही कारण युभेन्ट्स आगामी जनवरी विन्डोलाई पोग्बालाई क्लबमा फर्काउन चाहेको छ । पोग्वालाई स्पेनिस महारथी रियल मड्रिडले पनि चासो देखाइरहेको छ ।

पोग्बा चोट मुक्त हुँदै गत आइतबार युनाइटेडको खेलमा फर्किएका थिए । चोटका कारण करिब तीन महिना मैदान बाहिर रहेका पोग्वा दोस्रो हाफमा जेसे लिङ्गार्डको स्थानमा मैदान प्रवेश गर्दै खेलमा पूनरागमन गरेपनि युनाइटेड पुछारको टिम वाटफोर्डसंग २–० ले पराजित भएको थियो ।

फ्रान्सका मिडफिल्डरको युनाईटेडसँगको सम्झौता १८ महिनापछि सकिदैछ । सोही कारण नयाँ सम्झौता वा पोग्बा बेच्नुपर्ने दबाब युनाइटेडलाई रहेको छ । पोग्बा २०१६ मा यभेन्ट्सबाटै युनाइटेडमा कीर्तिमानी ९० मिलियन पाउन्डमा प्रिमियर लिग फर्किएका थिए ।

उनले इटालीमा रहँदा सिरी ‘ए’ का साथै दुई पटक कोपा इटालियाको उपाधि जित्न सफल भएका थियो । युनाइटेडमा रहंदा पोग्बाले युरोपा लिग र लिग कपको उपाधि जितेका छन् । उनले गत सिजन नै क्लब छाड्न चाहेपनि क्लबले उनको आग्रह अस्विकार गरको थियो ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.