default_image

5 years ago

December 26, 2019

युभेन्टसका फरवार्ड कतारी क्लबमा

99 views

0 Bookmark

एजेन्सी – क्रोएसिया तथा इटालियन क्लब युभेन्टसका फरवार्ड मारियो म्यान्जुकिच कतारी क्लब अल दुहेलमा अनुबन्धित हुने भएका छन् । उनी आइतबारै कतारी क्लबमा सम्झौताका लागि पुगेका थिए । 

करिव ४ वर्ष युभेन्टसमा रहेका म्यान्जुकिकले पछिल्लो समय मोरिसियो सार्रीको प्रशिक्षणमा यो सिजन पहिलो रोजाईका कमै मौका पाएका छन् । आफ्नो माग पूरा नगरेपछि युभेन्टस छाड्दै कतारी क्लब अल दुहेलमा अनुबन्धित हुने भएका‌ हुन् । तर, अल दुहेलमा पनि अनुबन्धको रकमबारे सम्झौता भइसकेको छैन । अनुबन्ध रकममा सहमति भए म्यान्जुकिचले युभेन्टस छाड्दै कतारी क्लबमा पुग्नेछ ।

युभेन्टसमा रोनाल्डोको आगमनसँगै उनले पहिलो रोजाईमा कमै मौका पाएका छन् । युभेन्टसमा उनले चार वर्षमा चार सिरी ‘ए’, तीन कोपा इटालियाको उपाधि जितेका थिए । मासिमिलियानोको प्रशिक्षणमा उनले युभेन्टसमा निरन्तर पहिलो रोजाईमा मौका पाएका थिए ।

म्यान्जुकिचले २०१६/१७ को च्यारिम्पयन लिगको फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग ४–१ ले पराजित भएको खेलमा सम्झनायोग्य बाइसाइकल किकमा गोल गर्न सफल भएका थिए ।  ३३ वर्षे म्यान्जुकिच पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित नजिक रहेपनि त्यो पुरा हुन सकेको थिएन । यससँगै उनी कतारी क्लबतर्फ पुगेका हुन् ।

म्यानचेस्टर पछिल्लो समय अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका फरवार्ड अर्लिङ ब्राउट हल्यान्डलाई अनुबन्ध गर्ने प्रयासमा रहेका छन् । अल दुहेलले जारी लिगमा ११ चरणको खेल सकिदा ४ अंकको अग्रतासहित शीर्षस्थान ओगटेको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.