5 years ago
December 25, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की विश्व फुटबलको शीर्ष श्रेणीअन्तर्गत सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
लेवान्डोस्कीले पोल्यान्डका राष्ट्रिय टोली र क्लब फुटबल गरेर कुल ५४ गोल गरे । यसक्रममा उनले ५८ खेल खेलेका थिए । पछिल्लो दशक यस स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले दवाव कायम गर्दै आएका छन् । सन् २००९ मा एडिन जेको र सन् २०१७ मा ह्यारी केनपछि रोनाल्डो र मेस्सीबाहेक यस सुचिको शीर्षस्थानमा रहने लेवान्डोस्की मात्र हुन् ।
यस वर्ष दोस्रो स्थानमा बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी रहेका छन् । मेस्सीले यसवर्ष ५८ खेल खेल्दै ५० गोल गरेका थिए । उनले कोपा अमेरिकामा गरेको व्यवहारका कारण कारवाही भोग्दै ४ खेल प्रतिबन्धमा समेत परेका थिए ।
सर्वाधिक गोलकर्ता सूचिको तेस्रो स्थानमा किलीयन एमबाप्पे रहेका छन् । उनले पेरिस सेन्ट जर्मेन र फ्रान्सेली राष्ट्रिय टोली गरेर कुल ४९ खेलमा ४४ गोल गरे । चौथो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टरलिङ रहेका छन् । यस वर्ष ४१ गोल गरिसकेका उनले अझै एक खेल खेल्न बाँकी छ ।
विगतको तुलनामा केहि कमजोर प्रदर्शन रहेपछि इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डो ५० खेलमा ३९ गोल गर्दै पाँचौ स्थानमा छन् । स्कटिस क्लब रेन्जर्सका फरवार्ड अल्फ्रेडो मोरेलोसले ५३ खेलमा ३८ गोल गरेका छन् ।
युरोपेली फुटबलबाहिर चिनियाँ क्लब ग्वान्झाउका इजरायली फरवार्ड एरान जहाभीले ४० गोल गरेका छन् । अमेरिकी लिग खेल्दै आएका मेक्सिकन फरवार्ड कार्लोस भेलाले पनि ३८ गोल गरेका छन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]