5 years ago
December 24, 2019
एजेन्सी – उरुग्वेली फरवार्ड एडिन्सन काभानीले जनवरीमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर एटलेटिको म्याड्रिड जाने सम्भावना बढेको छ ।
प्रशिक्षक डिएगो सिमिओनीले टोलीका लागि भरपर्दा फरवार्डको खोजि गरिरहेको अवस्थामा काभानी राम्रो विकल्पका रुपमा अगाडी आएका छन् । स्पेनिस पत्रिका मार्साका अनुसार एटलेटिको र काभानीबीच सम्झौताबारे प्रारम्भिक छलफल भइसकेको छ । छिट्टै दुवै क्लबले आपसी समझदारी गर्ने बुझिएको छ । काभानीले साढे २ वर्षको सम्झौता गर्ने तयारी गरेका छन् ।
काभानी पछिल्लो समय पीएसजीको पहिलो रोजाइमा परेका छैनन् । इन्टर मिलानबाट माउरो इकार्डी आएपछि काभानीले बिरलै मौका पाएका छन् । काभानी आफैंले पनि क्लब परिवर्तन गर्ने इच्छा जाहेर गरेका थिए । पीएसजीका लागि लामो समय खेलेका काभानीको आग्रह अनुसार नै क्लबले निर्णय लिएको हो ।
एटलेटिकोले काभानीको सम्झौता अर्को सिजन नै सकिने हुनाले पनि सस्तो मूल्यमा अनुबन्धन गर्न खोजेको छ । काभानीको आगमनले एटलेटिको म्याड्रिडको आक्रमणलाई भने निकै सघाउ पुग्नेछ । लिगमा केहि कमजोर सुरुवात गरेको म्याड्रिड टोली दोस्रो हाफमा भने बलियो प्रदर्शन गर्न चाहन्छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]