default_image

5 years ago

December 23, 2019

मनाङको लगातार दोस्रो जित , आर्मी पराजित

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्जुरी समयमा दयानन्द सिंहले गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हासिल गरेको थियो । ५ मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दायानन्दले खाली पोष्टमै गोल गरेपछि उपाधि दाबेदारका रुपमा हेरिएको सोमबार त्रिभुवन आर्मी क्लब १–० ले पराजित भएको थियो । विमल रानाको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा दयान्दले मौका पाएका थिए ।

गोल खाएको लगत्तै मनाङको पोष्टमा रक्षक सुमन अर्यालले हातले गोल गरेपछि दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो ।
दशरथ रंगशालामा भएको खेलमा केहि राम्रो अवसर पाउनका बाबजुद दुवै टोली गोलको अवसर खेर फालेका थिए । कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठलगायतका खेलाडीले मनाङ छोडेपछि टोलीले पुरानो लय गुमाएको देखिन्छ ।

मनाङ छोडेका अधिकांश स्टार यसपटक उपाधि दाबेदारका रुपमा हेरिएको अर्को टोली मछिन्द्र क्लबमा आबद्ध भएका छन् । आर्मीले त्यसको फाइदा उठाउन सकेन । यद्दपी, दुवै टोलीले जितका साथ लिगको सुरुवात गरेका थिए । आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले र मनाङले एपिएफलाई २–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेका थिए ।

५० औं मिनेटमा भरत खवासको क्रसमा नवयुग श्रेष्ठको प्रहारले पोष्टको दिशा लिन सकेन । उनको प्रहार पोष्टको टाढाबाट बाहरिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको क्रसमा अर्को खेलाडीले त्यसको फाइदा लिन सकेनन् । ३५ औं मिनेटमा आर्मीकी सुमन हेड प्रहार गोलकिपर दीपक कार्कीले पन्च गरे । ८४ औं मिनेटमा सिक्स यार्ड बक्समा पाएको अवसर जर्ज प्रिन्सले खेर फाले । उता मनाङका विमल रानालले २० औं मिनेटमा मिलाएको पासमा विदेशी खेलाडी अडेवामी फेमी जोसवाले गोल गर्न सकेनन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज नेपाल र भुटानको छात्रा यू १५ को मैत्रपूर्ण खेल रहेकाले लिगका दुवै खेल दशरथ रंगशालामा राखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगको दोस्रो चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र रुस्थान थ्री स्टार क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ । पुलिस र थ्री स्टार दुवैले बराबरीका साथ लिगको सुरुवात गरेका थिए । पुलिसले यति हिमालयन शेर्पा र थ्री स्टारले जावलाखेलसँग बराबरी खेलेको थियो ।

 

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.