9 years ago
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५– साफ यु–१९ च्याम्पियनसिप टोलीका खेलाडीलाई जनहरी २ लाख रुपैयाँ दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले वभिन्न प्रायोजक र कर्पोरेट हाउसहरुसँग युवा टोलीलाई सम्मान गर्न आग्रह गरेको छ ।
गणेश थापाको अध्यक्षमा बसेको बैठकले एन्फामा आबद्ध ४५ जिल्लाबाट १÷१ लाखका दरले रकम संकलन गरि युवा टोलीलाई थप पुरस्कार व्यवस्था गर्ने भएको छ । सरकारले यसअघि नै युवा टोलालाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ ।
बैठकले एन्फा एकेडेमीको व्यवस्थापनका लागि सहायक महासचिव मणी कुवरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सह संयोजकमा सहायक कोषाध्यक्ष रविन्द्र जोशी, साहायक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने, सदस्य दीनेश व्यञ्जनकार र मानार्थ सदस्य मधुसुदन उपाध्याय छन् ।
एन्फाले सदस्य बसन्त अर्याल संयोजक र पूर्व महासचिव लोकबहादुर शाही सह संयोजक रहेको फुटबल समिति गठन गरेको छ । समितिमा ३ सदस्य पछि मनोनित गरिनेछ । बैठकले पूर्व केन्द्रिय सदस्य नुवाकोटका पूर्णमान चित्रकारलाई एक बर्षका लागि मानार्थ सदस्य मनोनित गरेको छ ।
पहाडी जिल्ला इलाम, पाचधर, धनकुटा, सिन्धुपाल्चोक, दोलखा, पाल्पा, स्याङ्जा, लम्जुङ, बाग्लुङ र जुम्लालाई मैदान निर्माणका लागि प्रत्येकलाई १० लाख रुपैयाँ दिने भएको छ । जिल्ला फुटबल संघको भवन बनाइसकेका सुर्खेत र नवलपारसीलाई प्रोत्साहन स्वरुप एन्फाले ५÷५ लाख रुपैयाँ दिने भएको छ ।
लिग शुक्रबारबाट नहुने हाम्रो खेलकुद काठमाडौं, भदौ १५– भूकम्पपछि स्थगित रेडबुल राष्ट्रिय लिग भदौ १८ गतेबाट पुनः सुरु गर्ने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ । तर, देशका विभिन्न भागमा चलेको आन्दोलनका कारण लिग शुक्रबारबाट सुरु गर्ने सम्भावना टरेको छ । त्यसैलाई मध्यनजर गर्दै एन्फाले बिहीबार सहभागी ९ क्लबका पदाधिकारीबीच छलफलका लागि बैठकमा बोलाएको छ । त्यो बैठकले लिग कहा र कहिलेबाट सुरु गर्ने निर्णय गर्ने एन्फाले जनाएको छ ।
९ टोलीको सहभागिता रहेको लिगमा स्थगित हुनुअघि झापा १६ अंकसहित अग्रस्थानमा छ । एपिएफ १४ अंकसहित दोस्रोमा छ । समान ११ अंक भएका त्रिभुवन आर्मी तेस्रो, थ्री स्टार चौथो, मनाङ मस्र्याङ्दी पाँचौंमा छ । ७ अंक जोडेका पुलिस छैटौं र सुदूर पश्चिमाञ्चल सातौं तथा ४ अंक भएका मोरङ आठौं र लुम्बिनी नवौं स्थानमा छ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु अन सोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका गोलकिपर विकेशको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ रहेको छ। राष्ट्रिय टोलीबाट कप्तानको जिम्मेवारी समेत निर्वाह गरिसकेका नवयुग श्रेष्ठ […]