default_image

5 years ago

December 23, 2019

अभागी रियल बराबरीमा रोकियो

98 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएपछि लिगको शीर्षस्थानमा अंक बराबरी गर्नबाट चुकेको छ ।

सन् २०१९ को अन्तिम लिग खेलमा रियलले घरेलु मैदानमा गोल गर्नअभागी सावित भयो । रियलका तीन खेलाडीको प्रहार पोस्टमा लागेर फर्कंदा रियलले लगातार दोस्रो गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसो त बिल्बाओले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा जितबाट बन्चित भएको बुझ्न सक्छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले बुधबार एल क्लासिकोमा बराबरी खेलेको टोलीबाट निकै परिवर्तन गरेका थिए । एडर मिलिसाओले सेन्टर डिफेन्समा खेल्दा लुका मोड्रीच मिडफिल्डमा आएका थिए । आक्रमणमा ब्राजिलियन द्वय रोड्रीगो गोएस र भिनीसियस जुनियरले फ्रान्सेली फरवार्ड करीम बेन्जेमालाई साथ दिएका थिए ।

खेलको सुरुवाती समयमा नै भिनिसियसको प्रहार सफल भएन । लगत्तै क्रुसको प्रहार क्रसबारमा लागेर फर्केको थियो । बिल्बाओका इनाकी विलियम्सको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । ३० औं मिनेटमा बेन्जेमाको प्रहार उनाइ नुनेजले गोललाइनबाट क्लियर गर्दै खेल बराबरीमै राखे ।

दोस्रो हाफमा रियलले नाचो फर्नान्डेज र ग्यारेथ बेललाई मैदानमा उतार्यो । नाचोले दोस्रो हाफको सुरुवातमा नै गरेको हेडर क्रसबारमा लागेर फर्कियो । त्यसलगत्तै बेलको प्रहार गोलपोस्ट नजिकबाट बाहिरिन पुग्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका फरवार्ड लुका जोभिचको हेडर पनि पोस्टमा लागेर बाहिरीएपछि रियलले जित दर्ता गर्न सकेन ।

यससँगै रियलले पुन: एकपटक लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंक बराबर गर्ने अवसर गुमाएको छ । बार्सिलोनाको १८ खेलमा ३९ अंक छ भने रियलको समान खेलमा ३७ अंक छ । तेस्रो स्थानको सेभिल्लाको ३४ र एटलेटिको म्याड्रिडको ३२ अंक रहेको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.