5 years ago
December 23, 2019
एजेन्सी – ब्राजिलियन विंगर विलियनको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । चेल्सीले टोटेनहमलाई उसकै मैदानमा २–० ले हराएको हो ।
टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई पराजित गर्न विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा माटियो कोभासिसको पासमा विलियनले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको थियो ।
प्हिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विलियनले पेनाल्टीमार्फ गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएको थियो ।
मार्काेस अलन्सोलाई पेनाल्टी बक्समा गोलरक्षक पाउलो गाजानिगाले लडाएपछि भिएआरको सहायता चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसलाई विलियनले कुनै गल्ती गरेनन् ।
घरेलु टोलीलाई चेल्सीले दोस्रो हाफमा दवावमा राखेपनि थप गोल गर्न सकेन । ६२औं मिनेटमा टोटेनहमका ह्युङ मिन सन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । एन्टेनियो रुडिगरमाथि खराव ट्याकल गरेसँगै भिएआरको सहायतामा सनलाई रातो कार्ड देखाइएको थियो । त्यसपछिको फाइदा चेल्सीले उठाउन नसकेपनि चेल्सी २–० ले विजयी हुन सफल भयो । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड आफ्नै पुर्व प्रशिक्षक जोसे मोउरिन्होविरुद्ध बाजी मार्न सफल भए ।
जितपछि चेल्सी १८ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित टोटेनहम २६ अंकसहित सातौ स्थानमा छ । १७ खेलबाट लिभरपुल ४९ अंकसहित शीर्ष स्थानमा रहँदा लेस्टर सिटी ३९ अंक जोडेर दोस्रो तथा म्यानचेस्टर सिटी ३८ अंकसहित तेस्रो स्थानमा छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]