5 years ago
December 23, 2019
एजेन्सी – इटालियन महारथी युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । लाजियोले युभेन्टसलाई ३–१ ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो ।
साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोलाई च्याम्पियन बनाउन लुइस अल्वेर्टाे, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले गोल गरेपनि टोलीको हार टार्न सकेन ।
खेलको १६औं मिनेटमा लुइस अल्र्वेटोको गोलबाट लाजियो खेलमा अघि बढेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिबालाले बराबरी गोल फर्काएका थिए । ७३औं मिनेटमा सेनाले गोल गर्दै लाजियोलाई पुनः खेलमा २–१ को अग्रता दिलाए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो । रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । त्यसको एक मिनेटपछि डानिलोले गोल गर्दै लाजियोलाई ३–१ को जितसहित सुपर कपको उपाधि दिलाए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]