5 years ago
December 22, 2019
एजेन्सी – दोस्रो हाफमा इस्माइला सार र ट्रोए डेनीले गोल गरेपछि अंकतालिकाको पुछारमा वार्टफोर्डले आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि २–० को जित हासिल गरेको छ । निगेल पेर्सोनले वार्टफोर्डको प्रशिक्षकका रुपमा पहिलो जित हासिल गरेका छन् ।
दोस्रो हाफ सुरु भएको ५ मिनेटमै सारले गोलको खाता खोलेका थिए । डेनीले ५५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । सिजनमा पहिलो जित हासिल गरेको वार्टफोर्डको १२ अंक पुगेको छ । १९ औं स्थानको नर्विच र वार्टफोर्डको समान अंक पुगेको छ ।
१८ औं स्थानमा रहेको एस्टन भिल्लाको १५ अंक छ । पछिल्लो सात खेलमा पहिलो हार बेहोरेको युनाइटेड २५ अंकसहित आठौं स्थानमा छ । प्रिमियर लिगमा आज टोटेनह्याम र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । चेल्सी (२९) चौथो र टोटेनह्याम (२६) सातौं स्थानमा छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]