5 years ago
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली छात्रा यू १५ सँगै दुई वटा मैत्रीपूर्ण खेलका लागि भुटानी टोली आइतबार काठमाडौं आएको छ । दुई टालीबीच सोमबार र बुधबार खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
खेल समय दिउँसो २ः०० बजेका लागि तय भएको छ । एन्फाले मैत्रीपूर्ण खेल हेर्न निशुल्क प्रवेश रहेको जनाएको छ ।
महिला फुटबलका लागि एन्फा एकदमै प्रतिबद्ध रहेको उल्लेख गर्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले भनेका छन्,‘ नेपाल र भुटानबीच यू १५ मा पहिलो पटक मैत्रीपूर्ण खेल हुँदैछ । हामी महिला फुटबललाई प्रतिस्पर्धात्मक बनाउनका लागि प्रयासरत छौं ।’
असोजमा भुटानमा भएको साफ यू १५ मा यी नेपाल र भुटानले १–१ को बराबरी खेलेका थिए । प्रतियोगितामा नेपाल तेस्रो र भुटान चौथो भएको थियो ।
यसै बीच नेपाली महिला यू १९ टोलीले हालै बहराइनसँग तीन वटा मैत्रीपूर्ण खेल खेलेको छ । नेपाली टोलीले बहराइनको यू १९ टोलाई एउटा खेलमा ४–२ र अर्कोमा ३–० ले हराएको थियो । नेपाली टोली र बहराइनको सिनियर टोलीबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]