default_image

5 years ago

December 22, 2019

लेस्टरमाथि सिटीको पूनरागमन जित

65 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा सिटीले लेस्टरमाथि ३–१ को पूनरागमन जित निकालेको हो ।

इतिहाद स्टेडियममा सिटीको जितमा रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी ११ मा तथा दोस्रो स्थानको लेस्टरसँगको दुरी १ मा झारेको छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको ३८, लेस्टरको ३९ तथा लिभरपुलको ४८ अंक रहेको छ ।

लिभरपुल शनिबार राति मात्रै फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको थियो । क्लब विश्वकपका कारण वेस्ट ह्याम युनाइटेडसँगको खेल स्थगित भएको थियो ।
जेमी भार्डीको गोलबाट २२औं मिनेटमा लेस्टरले खेलमा अग्रता लिएको थियो । लेस्टरकै पुर्व स्टार रियाद महारेजले ३०औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । ४३औं मिनेटमा इकेए गुन्डोगानले  पेनाल्टीमा गोल गरेपछि घरेलु टोली सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

६९औं मिनेटमा केभिन डि ब्रुयनको पासमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई ३–१ पूनरागमन जित दिलाए ।

अन्य नतिजा
एभर्टनविरुद्ध आर्सनल (०–०)

बर्नमाउथविरुद्ध बर्नली (०–)

एएस्टन भिल्ला विरुद्ध साउथह्याम्टन (१–)

ब्राइटनविरुद्ध सेफिल्ड (०–)

न्यु क्यासलविरुद्ध क्रिस्टल प्यालेस (–०)

नर्विचविरुद्ध वल्भ्स (१–)

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.