5 years ago
December 22, 2019
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोलसँगै इन्टर मिलानले युभेन्टसलाई पछि पार्दै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।
इन्टर मिलानले घरेलु मैदानमा भएको खेलमा जिनोआलाई ४–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्षस्थानमा फर्किएको हो । समान १७ खेलबाट ४२ अंक रहेपनि इन्टरले गोल अन्तरमा युभेन्टसलाई पछि पारेको हो ।
इन्टर मिलानको जितमा लुकाकुको दुई गोलसँगै रोबर्टाे गाग्लीयरडिनी र सेवास्टियानोले समान १ गोल गरे । खेलको ३१औं मिनेटमा लुकाकुको गोलबाट इन्टरले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि रोबर्टाेले गोल गर्दै अग्रता दोब्बर पारे ।
६४औं मिनेटमा सेवास्टियानोले अर्काे गोल थपे । ७१औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै इन्टरलाई ४–० को फराकिलो जित दिलाए ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]