default_image

5 years ago

December 22, 2019

एमबाप्पे र नेयमार चम्कदा पीएसजीको सानदार जित

80 views

0 Bookmark

एजेन्सी – स्टार खेलाडीहरु केलियन एमबाप्पे, नेयमार र मोउरो इकार्डीको प्रभावशाली प्रदर्शनमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले सानज एक गोल गरे । एमेइन्सका स्टेभिन मेन्डोजाले सान्त्वना गोल फर्काए ।

पार्क दि प्रिन्सेस पेरिसमा खेलको १०औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो । ४७औं मिनेटमा इकार्डीको पासमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६५औं मिनेटमा एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७०औं मिनेटमा स्टिभिनले गोल गर्दै खेललाई ३–१ को अन्तरमा ल्याएका थिए । ८४औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै पीएसजीले शीर्षस्थानमा थप पकड बनाएको छ । पीएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । जुन एक खेल बढी खेलेको मार्सेलीको भन्दा ७ अंक बढी हो । एमेइन्स १७ अंकसहित १८औं स्थानमा छ ।

 

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.