5 years ago
December 22, 2019
एजेन्सी – बार्सिलोनाका कप्तान एवं फरवार्ड लिओनेल मेस्सीले सन् २०१९ मा ५० गोलको आँकडा पूरा गरेका छन् । शनिबार अलाभेसविरुद्ध खेलमा गोल गर्दै उनले उक्त सफलता हासिल गरेका हुन् ।
३२ वर्षीय मेस्सीले लगातार छैटौं सिजन यो उपलब्धि हासिल गरेका हुन् । समग्रमा उनले ५० गोल पूरा गरेको यो नवौं सिजन हो । मेस्सीले अर्जेन्टिना र बार्सिलोनाबाट खेल्दै ५८ खेलमा ५० गोल गरे । उनले गोलसँगै १८ असिस्ट पनि प्रदान गरेका छन् । उनले कीर्तिमानी छैटौं पटक ब्यालोन डी’ओर अवार्ड पनि जितेका थिए ।
यसवर्ष मेस्सीले गरेका ५० गोल मध्य ३४ गोल ला लिगामा सम्भव भएको थियो । उनले यसक्रममा ३२ खेल खेले । उनले बार्सिलोनाकै लागि च्याम्पियन्स लिगमा ८ गोल र कोपा डेल रे मा तीन गोल गरे । अर्जेन्टिनाबाट यस वर्ष १० खेल खेल्दै उनले ५ गोल गरे ।
मेस्सीले पछिल्लो १० सिजनमध्य ९ सिजनमा ५० गोल पार गरेका छन् । उनले सन् २०१३ मा ४५ गोल गर्दा लगातारको सिलसिला तोडिएको हो । सन् २०१२ मा उनले अद्भुत प्रदर्शन गर्दै विश्व कीर्तिमानी ९१ गोल गरेका थिए ।
पछिल्लो १० वर्षमा मेस्सीको गोलसंख्या :
सन् २०१० – ६०
सन् २०११ – ५९
सन् २०१२ – ९१
सन् २०१३ – ४५
सन् २०१४ – ५८
सन् २०१५ – ५२
सन् २०१६ – ५९
सन् २०१७ – ५४
सन् २०१८ – ५१
सन् २०१९ – ५०
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]