default_image

5 years ago

December 22, 2019

लिभरपुल क्लब विश्वकप च्याम्पियन

91 views

0 Bookmark

एजेन्सी – युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । निबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो ।

 

कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लिभरपुललाई च्याम्पियन बनाउन ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिन्होले गरेको एक गोल नै निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको छैटौ मिनेटमा लिभरपुलका एलेक्सजेन्डर अर्नाेल्डले गोलको मौका खेर फालेको थियो । फ्लामिंगोलले लिभरपुलविरुद्ध बल पोजेसन राखेपनि पहिलो हाफमा गतिलो पोस्ट आक्रमण बुन्न सकेको थिए ।

४७औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको पासमा फिर्मिन्होको प्रहार क्रसबारमा लागेर फर्कदा लिभरपुल अग्रता लिनबाट चक्यो । ५२औं मिनेटमा अर्नाेल्डको ब्याकपासमा फ्लामेंगोका बर्बाेसाले भेट्टाएपनि गोलरक्षक एलिसन बेकरले कुनै गल्ती गरेनन् ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लिभरपुलले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन त्यसपछि दुवै टोलीले केही सुन्दर मौका खेर फाल्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

९९औं मिनेटमा साडियो मानेको पासमा फिर्मिन्होले खाली पोस्टमा गोल गर्दै लिभरपुललाई खेलमा अग्रता दिलाए । उनले रोड्रिगो काइओ र राफिन्हाले बिट गर्दै गोल गर्न सफल भएका थिए ।  त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै च्याम्पियन बन्न सफल भयो ।

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

Success

Thank you for your time.