5 years ago
December 21, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा अलाभेसलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ४-१ को सहज जित दर्ता गरेको हो ।
खेलको १४ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिज्मनको गोलमा अग्रता लिएको थियो । उनले लुइस सुआरेजको पासमा पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । २७ औं मिनेटमा आलाभेसका वकासोले मुबारकले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ३८ औं मिनेटमा लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रको ६ यार्ड बक्सबाट गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । लगत्तै मेस्सीकै प्रहारलाई डिफेन्डरले ब्लक गरे । ४४ औं मिनेटमा आर्टुरो भिडालको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो । उनले सुआरेजकै पासमा पोस्टको तल्लो भागमा गरेको प्रहार गोलरक्षकले बचाउन सकेनन् ।
दोस्रो हाफको सुरुवातदेखि नै बार्सिलोनाले खेलमा थप आक्रमण बुन्यो । सुरुवाती दुई आक्रमण अफसाइड भएपछि बार्सिलोना ५५ औं मिनेटमा भने पछाडी पर्यो । पेरे पोन्सले रुबेन डुआर्टेको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि केहिबेर अलाभेसले लगातार आक्रमण बुनेपनि अर्को गोल फर्काउन भने सकेन ।
कप्तान लिओनेल मेस्सीले ६८ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको दुई गोलको अग्रता पुन: स्थापना गरे । उनले पनि सुआरेजकै पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । लगत्तै सुआरेजको हेडरलाई विपक्षी गोलरक्षकले विफल पारे ।
खेलको ७१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । मार्टिन अगुएरगबिरियाले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । प्राप्त पेनाल्टीलाई सुआरेजले गोलमा परिणत गर्दै बार्सिलोनाको अग्रता फराकिलो पारे ।
यस जितसँगै बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ । दोस्रो स्थानको रियलले एक खेल कम खेल्दै ३६ अंक बनाएको छ । रियलले सोमबार हुने खेलमा एथ्लेटिक बिल्बाओको सामना गर्नेछ ।
आज भएको अन्य खेलमा एइबारले ग्रानडामाथि ३-० को सहज जित दर्ता गर्यो । सेभिल्लाले मालोर्काको मैदानमा २-० को जित दर्ता गर्दै तेस्रो स्थानमा पकड बलियो बनायो । सेभिल्लाको १८ खेलमा ३४ अंक रहेको छ ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]