5 years ago
December 21, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना पुर्व खेलाडी तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनिस प्रशिक्षक अर्टेटा आर्सनलकै पूर्व मिडफिल्डर पनि हुन् ।
आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई शुक्रबार ३ वर्ष ६ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि अर्टेटा २०१६ देखि अर्काे इंग्लिस क्लब म्यानचेस्टर सिटीका सहायक प्रशिक्षकका रुपमा रहेका थिए ।
अर्टेटा १८९७ देखि आर्सनलका २०औं प्रशिक्षक हुन् । आर्सेनी विंगरले सबैभन्दा लामो समय २२ वर्ष आर्सनलको (१९९६–२०१८) समम प्रशिक्षक बनेका थिए । गतवर्ष मात्रै युनाई इम्री आर्सनलको मुख्य प्रशिक्षक बनेका थिए । तर, उनको प्रशिक्षणमा आर्सनलले स्वभाविक गति लिन नसकेपछि इम्री तीन साताअघि बर्खास्तीमा परेका थिए ।
स्पेनिस क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर अर्टेटाले बार्सिलोनाको सिनियर टोलीबाट खेल्न नपाएपनि फ्रेन्च पेरिस सेन्ट जर्मेन (पीएसजी), रेन्जर्स, रियल सोसिडाड र एभर्टन हुदै आर्सनलबाटै व्यवसायिक फुटबल खेलेका थिए ।
आर्सनलमा पाँच वर्ष (२०११–२०१६) सम्म खेलेका उनले त्यहाँ रहँदा एफए कप र कम्युनिटी शिल्ड जितेका थिए । अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार (आजै) आफ्नो पुर्व क्लब एभर्टनसँग खेल्दैछ । खेल एभर्टनको मैदानमा साँझ ६ः१५ बजे हुनेछ ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]