default_image

9 years ago

June 28, 2016

युरोपियन च्याम्पियनसिपमा आइसल्याण्डसँग इङ्ल्याण्ड स्तब्ध

70 views

0 Bookmark

पेरिस (एजेन्सी)-रो कपको राउण्ड अफ १६ मा इङ्ल्याण्डलाई हराउदै आइसल्याण्ड प्रतियोगिताको क्वाटर फाइनल पुगेको छ भने इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ  ।

इङ्ल्याण्डको अग्रतामा खेलमा पछी परेको आइसल्याण्डले खेलमा फर्किदै २-१ को नतिजाले आफ्नो प्रतिश्प्रधीलाई आश्चर्य पारेको हो ।

England out

आइसल्याण्डका गोल किपरले रहिम स्टेर्लिङलाई लाडाउदा पाएको पेनाल्टीमा रुनीले गोल गर्दै इङ्ल्याण्डले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो तर त्यो अग्रताको खुशी छोटो समय सम्म मात्र टिक्न सक्यो । र्‍याग्नर सिगुर्डसनले लामो थ्रोबाट पाएको बललाई सदुपयोग गर्दै आइसल्याण्डलाई छैटौ मिनेटमा नै खेलमा फर्क्याए । त्यस्तै २०औ मिनेटमा कोल्बैन सिगोर्थ्सनको गोलमा आइसल्याण्डले खेलमा अग्रता लियो ।

दोस्रो हाल्फमा खेलमा फर्किने आशामा रोय हड्सनले विलशिएर र भार्डीलाई खेलमा ल्याए पनि इङ्ल्याण्डले बलियो मौका सिर्जना गर्न सकेन । खेलको अतिरिक्त समयमा भार्डी गोलको नजिक पुगे पनि स्टुरिजको पासमा गरेको हेडर ब्लक भएपछी इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.