default_image

5 years ago

December 24, 2019

एन्सेलोटी एभर्टनको प्रशिक्षक

86 views

0 Bookmark

एजेन्सी – इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीलाई इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एभर्टनले बिहीबार तीन पटकको च्याम्पियन्स लिग विजेता ६० वर्षे एन्सेलोटीलाई साँढे ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

मार्को सिल्भा बर्खास्तीपछि एभर्टनले अन्तरिम प्रशिक्षक डनक्यान फर्गुसनको नेतृत्वमा खेलिरहेको थियो । एभर्टन नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । इटालियन क्लब नेपोलीलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्‍याएपनि एन्सेलोटी दुई साताअघि बर्खास्तीमा परेका थिए ।

त्यसपछि एभर्टनले एन्सोलोटीलाई नै प्राथमिकतामा राखेका थिए । एन्सेलोटीको प्रशिक्षणमा एभर्टनले बिहीबार राति बर्नलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । एन्सेलोटी क्लबको मुख्य प्रशिक्षक बनेसँगै ज्लाटन इभ्राहिमोभिच र एन्सेलोटीबीच गुडिसनपार्कमा पुर्नमिलन हुन सक्ने आँकलन गरिएको छ ।

३८ वर्षे भेट्रान स्वीस फरवार्ड ज्लाटनले नोभेम्वरमा एमएलएस क्लब एलए ग्यालेक्सी छाडेयता क्लबविहीन छन् । एन्सेलोटी र इभ्राहिमोभिच २०१३ मा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सँगै रहेका थिए ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.