default_image

5 years ago

December 20, 2019

जापानी स्टार मिनामिनो लिभरपुलमा

97 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब रेडबुल साल्जवर्गका जापानी स्टार विंगर ताकुमी मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको छ ।  क्लबले बिहीबार मिनामिनोले साढे चार वर्षको लागि ७.२५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो ।

सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् । २४ वर्षे मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा समूह चरणमा सनसनीपुर्ण एक गोल गर्दै प्रशिक्षक योर्गेन क्लोपमा नजरमा परेका थिए ।

क्लबसँगको लामो सम्झौतापछि मिनामिनोले लिभरपुलको खेलाडी बन्नु आफ्नो सपना रहेको र त्यो सपना सकार भएको बताए । ‘लिभरपुलको खेलाडी बन्ने मेरो सपना थियो । त्यो आज पुरा भएको छ ।’ सम्झौतापछि मिनामिनोले भने, ‘प्रिमियर लिग खेल्ने मेरो मुख्य लक्ष्य थियो । प्रिमियर लिग विश्वको उत्कृष्ट लिग मध्येको एक लिग हो । मैले मेरो फुटबल करियर बढ्दै जादा कुनै दिन प्रिमियर लिग खेल्ने सपना देखेको थिए । त्यो लिभरपुलबाट पुरा हुदैछ ।’

लिभरपुलका प्रशिक्षक क्लोपले मिनामिनो छिटो, छरितो र चलाखीपुर्ण खेलाडी रहेको र उनले लिभरपुलमा आफ्नो राम्रो प्रदर्शन गर्न सक्ने बताएका छन् । जनवरी ट्रान्सफर विन्डो अघि नै मिनामिनोलाई लिभरपुलले क्लबमा अनुबन्ध गर्न सफल भएको हा । यद्दपि मिनामिनो जनवरी १ बाट मात्रै लिभरपुलमा रहनेछ ।

२४ वर्षे मिनामिनोले यो सिजन साल्जवर्गबाट सबैखाले २२ खेल खेल्दै ९ गोल गर्नुका साथै ११ असिस्ट गरेका छन् । २०११ मा यु–१७ देखि जापानको राष्ट्रिय टोलीमा रहँदै आएको मिनामिनोले २०१५ देखि जापानको राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । मिनामिनोले २२ खेलमा ११ अन्तराष्ट्रिय गोल गर्न सफल भइसकेका छन् ।

साल्जवर्गमै रहेका साडियो माने र नेवी केइटाले पनि अहिले लिभरपुलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.