default_image

5 years ago

December 20, 2019

बार्सिलोनाविरुद्ध प्रभावशाली बेल

88 views

0 Bookmark

एजेन्सी – ला लिगाको बहुप्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीच बुधबारको गोलरहित बराबरीमा टुंगिएको थियो । राजतिनिक कारणले यसअघि तय खेल रद्द भएको थियो । एल क्लासिकोको नाममा समेत परिचित यी दुई टोलीबीचको खेलमा रियल ३ अंक लिन असफल भयो ।

तर, टोलीका लागि सबैभन्दा प्रभावशाली रहे गेराथ बेल । रियलका लागि सिजनकै सबैभन्दा ठूलो खेलमा बेल त्यसरी प्रभाव छाड्न सफल होलान् भन्ने कतिलाई अनुमान नहुनु पनि सक्छ । प्रशिक्षक जिनेदिन जिदानले उनलाई पहिलो रोजाईमा राख्दा नै केहि आश्चार्यमा परेका थिए । बेलले मौकालाई खेर जान दिएनन् ।

गोल गर्न नसकेपनि उनी खेलमा प्रभाव छाड्न सफल भए । उनको क्रसमा फेर्लान्ड मेन्डी थोरै अफ साइड भएका थिए । पछिल्लो साता बेलका लागि सुखद थिएन । तर बार्सिलोनाविरुद्ध उनले जस्तो प्रदर्शन गरे त्यसले टोलीमा उनको महत्वलाई दर्शाएको छ । क्लब ब्रुगेसँगको खेलका लागि बेल बेल्जियम पुगेका थिए । तर उनले त्यहाँ खेल्न पाएनन् । ३० वर्षे उनी रोड्रिगो गोस भन्दा पछाडि मात्र जिदानको रोजाईमा पर्ने गर्छन् ।

तर, फ्रान्सेली प्रशिक्षकले बुधबार एल क्लासिकोमा बेललाई पहिलो रोजाईमा राखे । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग २–२ बराबरीमा टुंगिएको खेलमा जस्तै बार्सिलोनाविरुद्ध लगभग त्यहि टोली थियो । त्यसमा इडन हाजार्ड घाइते भएपछि बेललाई मैदान प्रवेश गराइएको थियो ।
बार्सिलोनासँगको गोलरहित बराबरीपछि जिदानले बेलको खुलेर प्रशंसा गरेका छन् । ‘उनले उत्कृष्ट प्रदर्शन गरे,’ जिदानले भने ।

हाजार्डको अनुपस्थितिमा बेल फर्ममा फर्कनु रियलका लागि सुखद समाचार हो । पछिल्लो केहि समयदेखि एकरुपताको प्रदर्शन गर्न नसकेको रियलका लागि बेलको प्रदर्शनले केहि राहत दिएको हुनुपर्दछ । पछिल्लो प्रदर्शनले गर्दा बेलले आउने दिनमा मौका पाउने सम्भावना बढेको छ ।

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

Success

Thank you for your time.