5 years ago
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
सागको पुरुष फुटबलमा स्वर्ण जितेका फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको थियो । खेलाडीका रुपमा कुशल १० औं सागका स्वर्ण विजेता पनि हुन् ।
उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनील थापालगायलते दोसल्लाका साथै जनही २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा थापाले सिमित श्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइका साथै धन्यवाद दिदै पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको बताए ।
उनले प्रतिष्ठानले विगतमा पनि खेलकुदको जागरण र विकासका लागि सहयोग गर्दै आएकोमा भविष्यमा पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए । सम्मानित प्रशिक्षक श्रेष्ठले आफ्नो ठाउँको परिवारका सदस्यले गरेको सम्मानको छुट्टै महत्व हुने बताए ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]