9 years ago
June 27, 2016
युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।
पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै ट्याप गर्दै चिलिएकीको गोलमा अग्रता लियो ।
पहिलो हाल्फमा १ गोलले पछी परे पछी स्पेन दोस्रो हाल्फमा खेललाई नियान्त्रणमा रख्दै बराबर गोलको खोजीमा रह्यो ।
८८ औ मिनेटमा जेराड पिकेको प्रयास स्पेनको लागी खेलको सबै भन्दा राम्रो मौका रहे पनि इटालीका गोल-किपर बुफोनले रोक्दै स्पेनको खेलमा फर्किने मौकामा बाधा बने ।
त्यस्को ठिक १ मिनेट पछी पेल्लेको गोलमा इटालीले आफ्नो अग्रता दोब्बर गर्दै जित सुनिस्चित गर्यो ।
तर दोस्रो हाल्फमा हावी रहे पनि इटालिको डिफेन्सलाई तोड्न नसक्दा साबिक बिजेता स्पेनको यात्रा अन्तिम १६ मै टुङियो ।
पुर्ण हाइलाईट्स
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]