5 years ago
December 19, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा कठिन जित निकालेको छ । युभेन्टसले घरेलु टोली साम्पोडोरियामाथि २–१ को कठिन जित निकालको हो ।
युभेन्टसको जितमा रोनाल्डोसँगै पाउलो डिबालाले गोल गरे । घरेलु टोलीका जियानलुका कापरारीले एक गोल फर्काए । जितसँगै युभेन्टसले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । युभेन्टसको १७ खेलबाट ४२ अंक छ । यद्दपि एक खेल कम खेलेको इन्टर मिलानको ३९ अंक छ ।
खेलको १९औं मिनेटमा पाउलो डिबालाले एलेक्स सान्द्रोको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ३५औं मिनेटमा जियानलुका कापरारीले बराबरी गोल फर्काए ।
४५औं मिनेटमा एलेक्स सान्द्रोकै पासमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले खेलमा २–१ को अग्रता लिन सफल भयो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]