default_image

5 years ago

December 19, 2019

स्ट्रलिङ चम्कदा सिटी सेमिफाइनलमा

59 views

0 Bookmark

एजेन्सी – रहिम स्ट्रलिङको दुई गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्ट सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडलाई पराजित गर्दै इंग्सिल लिग कप (इएफल) को सेमिफाइनलमा स्थान बनाएको छ ।

दि कासाम स्टेडियम अक्सफोर्डमा बुधबार राति भएको क्वाटरफाइनलमा सिटीले घरेलु टोली अक्सफोर्डलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सिटीका जोओ क्यान्सेलोले एक गोल थपे । अक्सफोर्डका माट टेलरले एक गोल फर्काए ।

खेलको २२औं मिनेटमा क्यान्सेलोको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफको शुरुमै माट टेलरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

तर, त्यसपछि सिटीका रहिम चम्किए । ५०औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई २–१ को अग्रता दलाए । ७०औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

अर्काे क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले लिग टु को क्लब कोलचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । युनाइटेडको जितमा मार्कुस रासफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । एक गोल उपहार पाएको थियो ।

अर्काे क्वाटरफाइनलमा लेस्टर सिटीले एभर्टनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरी भएको थियो । निर्धारित समयमा लेस्टरका जेम्स म्याडिसन र जोनी इभान्सले गोल गरे । एभर्टनका टोम डेभिस र लिथनले गोल गरे ।

पेनाल्टीमा लेस्टरका बेन चिलवेल, रिकार्डाे पेरेरा, डिमाराई ग्रे र जेमी भार्डीले गोल गरे । जेम्स म्याडिसन चुके । एभर्टनका मसान होलगेट र डोमिनिकले मात्र गोल गर्न सफल भए । सेन्ट टुसन र लिथन गोल गर्न असफल रहे ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.