5 years ago
December 19, 2019
एजेन्सी – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली फरवार्ड रोवर्टाे फिर्मिन्होको निर्णायक गोलमा युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले पराजित गर्दै लिभरपुलले फाइनलमा ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको भेट पक्का गर्यो । फ्लामेङ्गोले एसियन च्याम्पियन साउदी अरवको अल हिलाललाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
खेलको १२औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर, लिभरपुलको यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा रोगेलियो फुनेस मोरीले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा लिभरपुलले मोन्टेरीलाई दवावमा राखेपनि गोलका लासग निकै संघर्ष गर्नुपरेको थियो । प्रशिक्षक योर्गेन क्लोपले खेल सकिन ५ मिनेट बाँकी रहँदा डिभोक ओरिगीको स्थानमा रोबर्टाे फिर्मिन्होलाई मैदान प्रवेश गराएपछि लिभरपुल खेलमा फर्कन सफल भएको थियो ।
उनै फिर्मिन्होले अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जितसहित उपाधि नजिक पुर्याए । मोहम्मद सलाहले ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्डले क्रस गरेको बललाई फिर्मिन्होले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गर्न सफल भएका थिए । क्लोपको खेलाडी परिवर्तन गर्ने रणनीति सही सावित बन्यो ।
फ्लामेङ्गो र लिभरपुलबीचको फाइनल खेल शनिबार हुनेछ ।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]