9 years ago
June 27, 2016
जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लब ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०१८को फाइनलमा पुगेका छन्।
आज एन्फा कम्पलेक्समा भएको दुइ सेमिफाइनलमध्य पहिलो खेलमा लुम्बिनीले सिएमजी संकटालाई १-०ले पराजित गर्यो।
मन्दिप थापाले खेलको ८६औं मिनेटमा गोल गर्दै टोलीलाइ जिततर्फ डोर्याएका थिए। दोश्रो खेलमा भने आर्मीले रमपम झापा ११लाई २-१ले पराजित गर्यो।
दोर्जे तामाङले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए भने प्रेजेन तामाङले ५४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। यसअघि २०औं मिनेटमा कप्तान अभिषेक रिजालले पेनाल्टि मिस गरेका थिए।
दोर्जेले पनि पेनाल्टिबाट नै गोल गरेका थिए। झापाका लागि विश्वहाङ राइले ६९औं मिनेटमा सान्तवना गोल गरे। प्रतियोगिताको फाइनल खेल आगामी आषाढ १५ गते दिनको ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]