default_image

5 years ago

December 18, 2019

फ्लामेङ्गो क्लब विश्वकपको फाइनलमा

60 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन च्याम्पियन फ्लामेङ्गो क्लब विश्वकपको फाइन्लमा प्रवेश गरको छ । कोपा लिवर्टाडोरेस च्याम्पियन फ्लामेङ्गोले एसियन च्याम्पियन साउदी अरवको अल हिलाललाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।

कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा मंगलबार राति भएको खेलमा फ्लामेङ्गोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । १८औं मिनेटमा अल दासारीको गोलबाट अल हिलालले फ्लामेङ्गोविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । एक गोलले पछि परेको फ्लामेङ्गोले दोस्रो हाफमा पूनरागमन गर्न सफल भयो ।

जर्जियन डि एरासकेइटाले ४९औं मिनेटमा बराबरी गोल फर्काए । ७८औं मिनेटमा ब्रुनो हेनरिकले गोल गर्दै फ्लामेङ्गोलाई खेलमा २–१ ले अघि बढायो । ८२औं मिनेटमा अल बुलाहीले आत्मघाती गोल गरेपछि फ्लामेङ्गोको ३–१ को जित सुनिश्चित बन्यो ।

लगत्तै अल हिलाल १० खेलाडीमा समेटिन पुगेको थियो । एन्ड्रे क्यारिल्लो रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । अब फ्लामेङ्गोले उपाधिका लागि युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल र मेक्सिकोको मोन्टेरीको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.