5 years ago
December 18, 2019
एजेन्सी – शीर्षस्थानमा रहेको आरबी लाइप्जिग र बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोली डर्टमन्डले खेलमा दुई पटक अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा ३–३ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।
डर्टमन्डका जुलियन वेगल, जुलियन ब्रान्ड र जाडोन सान्चोले गोल गरे । लेइप्लिजका टिमो वेर्नरले दुई तथा प्याट्रिकले एक गोल थपे । २३औं मिनेटमा वेगलको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । ३४औ मिनेटमा जुलियनले गोल गरेपछि डर्टमन्डले खेलमा २–० को अग्रता बनायो ।
दोस्रो हाफमा ७ मिनेटको अन्तरमा लाइप्जिगले दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५५औं मिनेटमा सान्चोले गोल गरेपछि डर्टमन्डले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो । तर, ७८औं मिनेटमा प्याट्रिले बराबरी गोल फर्काएपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।
बराबरीसँगै लाइप्जिग १६ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । डर्टमन्ड ३० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]