default_image

5 years ago

December 18, 2019

लिभरपुलको लज्जास्पद हार

93 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल इंग्लिस लिग कप फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको छ । भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा दोस्रो रोजाईको खेलाडीलाई मैदानमा उतारेको लिभरपुल एस्टन भिल्लासँग ५–० ले पराजित भएको हो ।

लिभरपुलको शीर्ष टोली भने क्लब विश्वकपको तयारीमा रहेको छ । भिल्लाको फराकिलो जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले गोल गरे । एक गोल उपहार पाएको थियो ।

एकपक्षीय बनेको खेलमा भिल्लाले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा भिल्लाले एक गोल थप्न सफल भयो । १४औं मिनेटमा कोनोरको गोलबाट भिल्लाले खेलमा अग्रता बनाएको थियो । १७औं मिनेटमा मोर्गान बोयसको आत्मघाती गोलबाट भिल्लाले अग्रता दोब्बर बनायो ।

३७औं र ४५औं मिनेटमा जोनाथनले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० ले अघि बढाए । ९०औं मिनेटमा वेस्लीले गोल गर्दै एस्टन भिल्लालाई ५–० को फराकिलो जित दिलाए ।

अर्काे क्वाटरफाइनलमा आज राति एभर्टन र लेस्टर सिटी, अक्सफोर्ड युनाइटेड र म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र कोलचेस्टर युनाइटेडबीच खेल हुनेछ ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.