5 years ago
December 17, 2019
एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना सिजनको पहिलो एल क्लासिकोका लागि तयार छन् । तर यी दुई टोली जब भिड्छन् त्यो एउटा समान्य खेल मात्र रहँदैन । क्लबका खेलाडी मात्र होइन समर्थकमा पनि भिन्नै खालको इगो रहन्छ ।
कतिपयले यी दुई टोलीको भिडन्तलाई तनाबको विषय पनि मान्छन् । त्यसलाई मथ्थर पार्ने प्रयासमै होला रियलका प्रशिक्षक जिनेदिन जिदानले दर्शकले दुई प्रतिस्पर्धी टोलीबीचको राम्रो फुटबल हेर्न चाहेको बताएका छन् । यद्दपी यी दुई टोलीबीचको खेलअघि सुरक्षालाई विशेष ध्यान दिइएको छ । जिदानले भने सबै ध्यान मैदानमा केन्द्रित हुने विश्वास लिएका छन् ।
‘मैदान बाहिर यो साता निकै चर्चा भएको छ । तर जनता राम्रो फुटबल हेर्न चाहन्छन्,,’ प्रि म्याच कन्फ्रेन्समा जिदानले भने,‘ खासमा हामी आफ्नो सबै शक्ति मैदानमा लगाउने छौं । हामीलाई लाग्छ राम्रो खेल हुनेछ ।’
रियलका लागि अधिकांश खेलमा लियोनल मेस्सी जितको बाधक रहँदै आएका छन् । यद्दपी जिदान अर्जेन्टिनी खेलाडीका विषयमा मात्र सोच्न चाहदैनन् । उनले मेस्सीविरुद्ध कुनै योजनाका बारेमा पनि बोल्न चाहेनन् । ‘ यो फुटबल खेल हो । त्यो महत्वपूर्ण हो,’ उनले भने,‘ हामीलाई थाहा छ हामी कसको सामना गर्दैछौं । हामीलाई थाहा छ उनीहरुसँग मेस्सी छ । तर हामीसँग पनि हाम्रो हतियार छन् । हामी बार्सिलोनाविरुद्ध उत्कृष्ट फुटबल खेल्न चाहन्छ । उनीहरु पनि त्यहि चाहन्छन् ।’
एल क्लासिको यसअघि नै भइसक्नुपर्ने थियो । तर काटालोनियाको राजनितिक कारणका कारण त्यति बेला रद्द गरिएको थियो । बुधबार पनि तनाब हुने सम्भावना छ । जिदानले खेल अबरुद्ध हुन सक्ने सम्भावनामा केहि बोल्न चाहेनन् । ‘मेरो यसमा केहि भनाई छैन । मैले अरु बारेमा सोच्नु आवश्यक छैन । मेरो काम भनेको मैदानमा हुने खेलका बारेमा सोच्ने हो,’ उनले भने,‘ हामी खेल्नका लागि तयार भएका आएका छौं । हाम्रो चासो त्यसैमा हो । हामी कुनै पनि विषयमा चिन्तित छैनौं । हामी क्लासिको खेल्नका लागि खुसी छौं । ’
जिदानले आफ्नो पहिलो प्रशिक्षण कार्यकालमा कासिमारोलाई रियलको सिनियर टोलीमा उतार्दै मास्टरस्ट्रोक खेलेका थिए । अहिले फेरि उनी फेडे भाल्भेर्डेलाई लिएर अर्को मास्टरस्ट्रोक खेल्ने तयारीमा रहेको अनुमान गरिएको छ । भाल्भेर्डेको प्रदर्शनको अहिले चर्चा हुन थालेको छ ।
‘हामीले भाल्भेर्डेलाई भेट्टाएका छौं । उनी केहि राम्रो चिज गरिरहेका छन् । त्यो क्लबका लागि महत्वपूर्ण हुन सक्छ । हामीसँग सधै उत्कृष्ट खेलाडी हुन्छन्,’ उनले भने,‘ हेरौ के हुन्छ । हामी भोलीको खेलका लागि केन्द्रित छौं । केहि निर्णय लिन बाँकी छन् ।’
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]