5 years ago
December 17, 2019
एजेन्सी – पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका युवा स्टार जोओ फेलिक्सले गोल्डेन ब्वाई अवार्ड –२०१९ जितेका छन् । गत महिना नै घोषणा भएको गोल्डेन ब्वाई अवार्ड फेलिक्स र उनका एजेन्ट जर्ज मेन्डिसले सोमबार राति टुरिनमा ग्रहण गरेका थिए ।
२० वर्षे फेलिक्सले यो अवार्ड जित्ने क्रममा जाडोन सान्चो, केइ हाभार्ट र अर्लिङ ब्राउट हल्यान्डजस्ता युवा स्टारलाई पछि पारेका थिए ।
२० वर्षे युवा स्टार यस समरमा ११३ मिलियन पाउन्डमा पोर्चुगिज क्लब बेन्फिकाबाट मड्रिड आएका थिए ।
फेलिक्सले अघिल्लो सिजन बेन्फिकामा ४३ खेलमा २० गोल गर्दै आफ्नो छाप छोडेका थिए । मड्रिडमा भने उनले १७ खेलमा ४ गोल मात्रै गर्न सफल भएका छन् ।
अघिल्लो वर्ष म्याथ्थिज ड लिग्टले अन्सु फाती र फिल फोडेनलाई पछि पारेका थिए । यसअघि यो अवार्ड लियोनेल मेस्सी, वाइन रोनी, सेस फाब्रिगास र केलियन एमबाप्पेले जितिसकेका छन् ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]