default_image

5 years ago

December 17, 2019

‘रियलमै बसेको भए रोनाल्डोले ब्यालोन डी’ओर जित्थे’

122 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले रियल म्याड्रिडमै बसेको भए रोनाल्डोले पछिल्लो दुई सिजनमा कम्तिमा एक ब्यालोन डी’ओर जित्न सक्ने बताएका छन् ।

रोनाल्डो सन् २०१८ मा रियल छोडेर इटालियन क्लब युभेन्टस पुगेका थिए । त्यसयता २०१८ मा मोड्रीच र त्यसपछि लिओनेल मेस्सीले यस सिजन उपाधि जिते । मेन्डेसले रोनाल्डो रियलमा नै बसेको भए उक्त उपाधि रोनाल्डोले जित्न सक्ने बताए ।

‘रोनाल्डोले पछिल्लो दुई सिजनमा कम्तिमा एक पटक उपाधि जित्न पर्थ्यो,’ उनले इटालियन पत्रिका टुटोस्पोर्टसँग भने, ‘ उनले रियलमा बसेको भए जित्थे होला । तर अब अर्को सिजन उनले जित्न सक्छन् । मलाई लाग्दैन यो उनको लागि न्याय भयो । उनले नेसन्स लिगको उपाधि पनि जिते । अब उनलाई थाहा छ सन् २०२० मा के गर्नुपर्छ ।’

मेन्डेसले रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी रहेको पनि बताए । ‘रोनाल्डो इतिहासकै उत्कृष्ट खेलाडी हुन्,’ रोनाल्डोले थपे, ‘पोर्चुगलले रोनाल्डो खेल्नुअघि केहि जितेको थिएन । रोनाल्डो आएपछि युरो कप र नेसन्स लिगको नै उपाधि जित्यो । त्यसअघि २००४ को युरोमा पनि फाइनल खेल्यो ।

‘रोनाल्डोले विश्व फुटबलको नै वातावरण परिवर्तन गरेका छन् । पोर्चुगल त सानो उदाहरण जसले रोनाल्डोको आगमनपछि रुप फेरेको छ ।’

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिला पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

Success

Thank you for your time.