default_image

5 years ago

December 16, 2019

च्याम्पियन्स लिगमा रियल र म्यानचेस्टर सिटी भिड्ने

115 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा युरोपेली फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र रियल म्याड्रिड आमनेसामने हुने भएका छन् ।

सोमबार भएको अन्तिम १६ को ड्र मा स्पेनिस महारथी रियलले सिटीको सामना गर्ने तालिका परेको हो । रियल समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा सिटी समूह विजेता रहेको थियो । यससँगै प्रशिक्षक पेप गुआर्डीओला पनि म्याड्रिडविरुद्ध पुन: एकपटक उत्रिने भएका छन् । उनी बार्सिलोनामा रहँदा रियलविरुद्ध सफलता हात पार्दै आएका थिए ।

यता रियलको समूहमा विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पनि कठिन प्रतिद्वन्द्वी परेको छ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । इंग्लिस क्लब चेल्सीले सन् २०१२ को च्याम्पियन्स लिग फाइनलकै प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग खेल्नेछ । अर्को इंग्लिस टोली टोटेनहमले पनि जर्मन टोली आरबी लाइप्जिगको सामना गर्नेछ ।

इटालीको एटलान्टाले भ्यालेन्सियाको सामना गर्दा इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्सेली टोली लियोनसँग खेल्दैछ । बार्सिलोनाले नेपालीको सामना गर्नेछ । एटलेटिको म्याड्रिडले साविक विजेता लिभरपुलसँग खेल्नेछ ।

पूर्ण ड्र :

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

Success

Thank you for your time.