default_image

5 years ago

December 16, 2019

टोटेनहमको रोमाञ्चक जित, युनाइटेडको बराबरी

60 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले वल्भ्समाथि २–१ को रोमाञ्चक जित निकाल्दा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरीमा रोकिएको छ । 

वल्भ्सको घरेलु मैदान वेस्ट मिडल्यान्डमा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मोउरा र जान भर्टाेङहेनले गोल गरे । वल्भ्सका एडमाले गोल गरे ।

नवौं मिनेटमा लुकास मोउराको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । ६७औं मिनेटमा एडमाले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जानले गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाए ।

जितसँगै टोटेनहम २६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । वल्भ्स २४ अंकसहित आठौं स्थानमा छ ।

यता, म्यानचेस्टर युनाइटेड सम्भावित हारबाट जोगिएको छ । युनाइटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा खेलको ३६औं मिनेटमा लिन्डलफको आत्मघाती गोलबाट युनाइटेड खेलमा पछि परेको थियो । ७७औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै युनाइटेड २५ अंकसहित छैटौं स्थानमा छ । एभर्टन १८ अंक जोडेर १६औं स्थानमा छ ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.