5 years ago
December 16, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसीमाथि सहज जित निकालेको छ । युभेन्टसले उडिनेसीमासथ ३–१ को सहज जित निकालेको हो ।
एलिएन्ज स्टेडियममा आइतबार राति भएको खेलमा युभेन्टसलाई जिताउन लियोनार्दाे बोनुचीले एक गोल थपे । उडिनेसीका इग्नासियोले सान्त्वना गोल गरे ।
खेलको नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले खेलमा अग्रता लिन सफल भएको थियो । ३७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।
४५औं मिनेटमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्टसले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयमा इग्नासियोले गोल गरेपनि युभेन्टसविरुद्ध हार टार्न सकेन । युभेन्टस ३–१ ले विजयी हुन सफल भयो ।
जितपछि युभेन्टस १६ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । उडिनेसी १५ अंकसहित १७औं स्थानमा छ ।
यता, सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टर मिलानका बोर्जा भालेरोले तथा फियोरेन्टिनाका डुसानले बराबरी गोल फर्काए ।
बराबरीपछि इन्टर १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३९ अंक रहेपनि इन्टर गोल अन्तरमा शीर्षमा रहेको हो । फियोरेन्टिना १७ अंकसहित १३औं स्थानमा छ ।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]