default_image

5 years ago

December 16, 2019

ब्रुयन चम्कदा आर्सनल निरिह

50 views

0 Bookmark

एजेन्सी – बेल्जियन प्लेमेकर केभियन डि ब्रुयन चम्किएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सहज जित निकालेको छ । सिटीले आर्सनललाई ३–० ले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा सिटीको जितमा केभिन डि ब्रुयनले दुई तथा रहिम स्ट्रलिङले एक गोल थपे । सबै तीन गोल पहिलो हाफमै सम्भव भएको थियो ।

जितपछि पनि सिटी लिगमा तेस्रो स्थानमा यथावत छ । सिटीको १७ खेलबाट ३५ अंक छ । जुन शीर्षस्थानको लिभरपुलको भन्दा १४ तथा दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ४ अंक कम हो । आर्सनल २२ अंकसहित नवौं स्थानमा छ ।

खेलको दोस्रो मिनेटमा नै ग्याब्रियल जेससको पासमा ब्रुयनले गोल गर्दै सिटीलाई खेलमा अघि बढाएका थिए । १५औं मिनेटमा ब्रुयनको पासमा रहिमले गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता लिन सफल भयो ।

४०औं मिनेटमा ब्रुयनले फिल फोडेनको पासमा गोल गरेपछि सिटी पहिलो हाफमै फराकिलो जिततर्फ अग्रसर बनेको थियो । तर, दोस्रो हाफमा थप गोल हुन नसक्दा सिटी ३–० ले विजयी हुन सफल भयो ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.