5 years ago
December 16, 2019
एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोली सेन्ट इटिनेमाथि ४–० को प्रभावशाली जित हात पारेको हो ।
सेन्ट इटिनेमा आइतबार राति भएको खेलमा लियान्द्रो ड्यानिल पारेडेस र मोउरो इकार्डीले गोल थपे । नेयमार पेनाल्टीमा गोल गर्नबाट चुकेको थियो ।
खेलको १०औं मिनेटमा पारेडेसको गोलबाट पीएसजीले खेलमा अग्रता लिएको थियो । २५औं मिनेटमा घरेलु टोलीका जिन एहोलोउ सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजीलाई झनै सहज भएको थियो । ४३औं मिनेटमा एमबाप्पेले नेयमारको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० अग्रता दिलाए ।
६३औं मिनेटमा नेयमार पेनाल्टीमा चुके । ७२औं मिनेटमा इकार्डीले गोल गरेपछि पीएसजी खेलमा ३–० ले अघि बढ्यो । ८९औं मिनेटमा एमबाप्पेले नेयमारकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए ।
जितसँगै पीएसजीले १७ खेलबाट ४२ अंक जोडेर शीर्षस्थानलाई थप पकड बनाएको छ । दोस्रो स्थानको मार्सेलीको १८ खेलबाट ३५ अंक छ । पराजित इटिनेको २५ अंकसहित ११औं स्थानमा छ ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]