default_image

5 years ago

December 15, 2019

कोउटिन्होको ह्याट्रिकमा बायर्नको सानदार जित

114 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन प्लेमेकर फिलिपे कोउटिन्होको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । बायर्नले वेर्डर ब्रेमेनमाथि ६–१ को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नको फराकिलो जितमा कोउटिन्होको ह्याट्रिकसँगै रोवर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । ब्रेमेनका मिलोट रासिकाले सान्त्वना गोल गरे ।

खेलको २४औं मिनेटमा रासिकाको गोलबाट वेर्डर ब्रेमेनले खेलमा अग्रता लिएको थियो । ४५औं मिनेटमा कोउटिन्होले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

६३औं मिनेटमा कोटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले खेलमा ३–१ को अग्रता लिन सफल भयो । ७२औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न खेलमा सहज जिततर्फ अग्रसर बन्यो ।

७५औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्नले ५–१ को आरामदायी अग्रता लियो । ७८औं मिनेटमा कोटिन्होले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ६–१ को सानदार जित दिलाए । जितसँगै बायर्न १५ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

यता, अर्काे खेलमा बोरुसिया डर्टमन्डले मेइन्जमाथि ४–० को फराकिलो जित निकालेको छ । डर्टमन्डको जितमा मार्काे रिउस, जाडोन सान्चो, थोर्गन हजार्ड र निको स्कुल्जले गोल गरे ।

जितसँगै डर्टमन्ड १५ खेलबाट २९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । आरबी लेइप्लिज ३३ अंकसहित शीर्षस्थानमा तथा एक खेल कम खेलेको बोरुसिया मोन्चेनग्लाडवाच ३१ अंक जोडेर दोस्रो स्थानमा छ ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.