default_image

5 years ago

December 15, 2019

मड्रिडको सहज जित

161 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले ओसासुनामाथि २–० को सहज जित निकालेको हो ।

स्टेडियो वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोाराटा र साउद निग्वेजले गोल गरे ।
जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोको १७ खेलबाट २९ अंक जोडेको छ । एट्लेटिकोभन्दा अघि बार्सिलोना (३५), रियल मड्रिड (३४) र सेभिल्ला (३१) रहेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६७औं मिनेटमा अल्भेरो मोराटाले किरियल ट्रिपिएरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ७५औं मिनेटमा साउल निग्वेजले इनजल कोरेराको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.