5 years ago
December 15, 2019
एजेन्सी – इंग्लिस प्रिमयर लिग फुटबलमा लन्डन क्लब चेल्सी बर्नमाउथसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो ।
पछिल्लो पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो । यसअघि चेल्सी घरेलु मैदानमै वेस्टह्यामसँग १–० ले तथा एभर्टनसँग ३–१ ले पराजित भएको थियो । चेल्सीलाई स्तब्ध बनाउन खेलको ६ मिनेट बाँकी रहँदा डान गोसलिङले गरेको गोल नै निर्णायक बन्यो ।
खेलभर नै बर्नमाउथलाई दवावमा राखेपनि गोल गर्न असमर्थ रह्यो । खेल सकिन ६ मिनेट बाँकी रहँदा गोसलिङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी स्तब्ध बन्न पुग्यो ।
हारसँगै चेल्सी १७ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा यथावत छ । बर्नमाउथ १९ अंक जोडेर १४औं स्थानमा छ ।
यता, लेस्टर सिटी नर्विच सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै दोस्रो स्थानमा रहेको लेस्टरको ३९ अंक पुगेको छ । जुन शीर्षस्थानको लिभरपुलको भन्दा १० अंक कम हो । नर्विच १२ अंक जोडेर १९औं स्थानमा छ ।
अन्य नतिजा
लिभरपुलविरुद्ध वाटफोर्ड (२–०)
बर्नलीविरुद्ध न्यु क्यासल (१–०)
सेफिल्ड युनाइटेडविरुद्ध एस्टन भिल्ला (२–०)
साउथह्याम्पटनविरुद्ध वेस्टह्याम (०–१)
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]