5 years ago
December 15, 2019
एजेन्सी – अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु टोली रियल सोसिडाडसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
रियल सोसिडाडका मिकेल ओरेजावल र एलेक्सजेन्डर इसाकले तथा बार्सिलोनाका एन्टोइन ग्रिजमनले र लुइस सुआरेजले गोल गरेपनि जित निकाल्न सकेनन् ।
खेलको १२औं मिनेटमा पेनाल्टी गोलबाट ओरेजवालको गोलबाट घरेलु टोली खेलमा अघि बढेको थियो । ३८औं मिनेटमा एन्टोइन ग्रिजमनले लुइस सुआरेजको पासमा गोल गरेपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफमा शुरुमै बार्सिलोनाले खेलमा २–१ को अग्रता लिन सफल भयो । ४९औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा सुआरेजले गोल गरेका थिए । ६२औं मिनेटमा इसाकले बराबरी गोल फर्काएपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा फराकिलो अग्रता लिने मौका गुमाएको छ । बार्सिलोनाको १६ खेलबाट ३५ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रियल मड्रिडको ३४ अंक छ । २८ अंक जोडेको रियल सोसिडाड पाँचौ स्थानमा छ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]