5 years ago
December 14, 2019
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार साँझ वाटफोर्डलाई पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वाटफोर्डमाथि २–० को जित निकालेको हो ।
लिभरपुलको अपराजित यात्रामा शनिबार राति मोहम्मद सलाहले दुवै गोल गरे । प्रिमियर लिगमा लिभरपुल १७ खेलसम्म अपराजित रहन सफल भएको छ । यसक्रममा लिभरपुलले १६ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ ।
यस्तै लिभरपुलले जित निकालेसँगै उपाधि होड थप बलियो बनाएको छ । १७ खेलबाट ४९ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । यद्दपि लेस्टरले एक खेल कम खेलेको छ ।
वाटफोर्डलाई दवावमा राखेपनि लिभरपुलले गोलको लागि ३८औं मिनेट कुर्नुपरेको थियो । खेलको ३८औं मिनेटमा साडियो मानेको पासमा सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाएका थिए । सलाहले कर्नरबाट काउन्टर अट्याकमा आएको पासलाई सदुपयोग गर्दै सानदार गोल गरे ।
दोस्रो हाफमा पनि लिभरपुलले वाटफोर्डलाई दवावमा राखेपनि थप गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ९०औं मिनेटमा डिभोक ओरिगीको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दलाए । उनले ब्याकहिलमा विपक्षी डिफेन्डरलाई उत्कृष्ट नटमेग गर्दै गोल गरेका थिए । हारपछि वाटफोर्ड ९ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]