5 years ago
December 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि राजधानीमा सुरु हुदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हेभीवेट मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धासँगै लिगको सुरुवात हुनेछ ।
लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेको मछिन्द्रमा राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ । पहिलो खेलमा बीबीसीलाई पराजित गर्दै मछिन्द्र लिग च्याम्पियन बन्ने बाटोमा अघि बढ्ने सुरमा हुनेछ । मछिन्द्रमा अघिल्लो वर्ष मनाङले लिग जित्दा टोलीमा रहेका सबै खेलाडीलाई क्लबले अनुबन्ध गर्दै हेभीवेट टोली तयार पारेको छ ।
क्लबका प्रशिक्षक प्रवेश कटुवालले थोरै समयमा राम्रो तयारी गरेको र लिग जित्ने लक्ष्यमा क्लब रहेको बताउँछन् । तर, मछिन्द्रले पहिलो खेलमा जित हात पारे १ अंक गुमाउनेछ । अघिल्लो सिजन रेलिगेसन विनाको लिगमा एन्फाले पुछारका दुई टोलीको २ र १ अंक घटाउने निर्णय गरेको थियो । मछिन्द्र १३औं स्थानमा लिगको अन्त्य गरेको थियो ।
यता, केही नाम चलेका स्टार र युवा खेलाडीले भरिएको ब्रिगेड ब्वाइजले मच्छिन्द्रलाई कडा चुनौती पेश गर्नेछ । अघिल्लो सिजन एन्फा एकेडेमीका खेलाडीलाई टोलीमा समेटर बीबीसीले औसतको प्रदर्शन गरेको थियो । राष्ट्रिय टोलीका पुर्वकप्तान तथा बीबीसीबाटै लिगमा डेब्यु गरेका अनिल गुरुङसहित विजय गुरुङ र उत्तम गुरुङलाई नयाँ सिजन टिममा समावेश गर्दै टोली बनाएको छ ।
आजको खेल राष्ट्रिय टोलीका कप्तान रहिसकेका अनिल गुरुङ र विराज महर्जनको नेतृत्वमा रहेको टोलीबीच हुनेछ । मछिन्द्रका लागि साग स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठ चोटका कारण उपलब्ध छैनन् । बीबीसीमा पनि फरवार्ड व्रिजेश चौधरी चोटका कारण खेल्ने छैनन् ।
मछिन्द्र टोली :
विराज महर्जन (कप्तान), सुजल श्रेष्ठ, अविषेक रिजाल, विजय धिमाल, विशाल राई, विशाल श्रेष्ठ, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, दीपक राई, हेमन गुरुङ, रेजिन सुब्बा, रेजिन धिमाल, सुर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, ओडेलाजा सोमिडे, आन्द्रियस निया ।
बीबीसी टोली :
अनिल गुरुङ (कप्तान), विजय गुरुङ, उत्तम गुरुङ, जय गुुरुङ, सुवित कार्की, मनोज राई, रजत तिवारी, रोशन राना मगर, रन्दीप पौडेल, ऋतिक खड्का, पदम भट्टाराई, व्रिजेश चौधरी, शिशिर लेखी, विशाल सुनार, एन्जल महर्जन, पृथ्वी चौधरी, रोशन दोङ ।
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन्। भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन्। प्रीति राई, रश्मिकुमारी घिसिङ, सविता रानामगर, रुविना हमाल, मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन र शारदा श्रेष्ठ रहेका छन्। भर्ती भएका सबै यसअघि करारमा […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि लिग कम नकआउट प्रतियोगिता गर्ने भएको छ। एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउनको लागि यो प्रतियोगिता गर्न लागेको हो। नियम अनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो। तर एन्फाले सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न सकेन । जसको […]