default_image

5 years ago

December 14, 2019

बार्सिलोनाविरुद्ध नेयमारको मुद्दा

63 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले स्पेनिस क्लब बार्सिलोना छाडेको २ वर्ष बढी भइसकेको छ । तर, पनि नेयमार र बार्सिलोनालाई जोडेर समय समयमा समाचार आउने गरेका छन् । सिजनको सुरुवातमा नेयमार पुनः बार्सिलोना फर्कने चर्चा थियो । अन्ततः त्यो सफल भएन ।

अहिले नेयमारले पुरानो हिसाब चुक्ताका लागि भन्दै बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जानु अघि आफुले सम्झौता अनुसार रकम र बोनस रकम पाउनु पर्ने भन्दै नेयमारले पूर्व क्लबविरुद्ध मद्दा राखेका हुन् । नेयमारले ३५ लाख युरो पाउने पर्ने माग गरेका हुन् ।

उनी पुनः बार्सिलोना फर्कने चर्चाका बीच यो विषय खासै उठेको थिएन । अहिले नेयमारले फेरि पुरानो रकम पाउनुपर्ने दाबी गरेका छन् । उनले त्यो रकम पाउनुपर्ने नपर्ने विषयमा कुनै निर्णय भएको छैन । त्यसबाहेक पनि बार्सिलोनाबाट बोनस बापत अलग्गै १ लाख युरो पाउने पर्ने दाबी गरेका छन् ।

नेयमार पिएसजी गएदेखि नै त्यहाँ सन्तुष्ट नरहेको उल्लेख गर्दै लगातार समाचार आइरहेका छन् । सिजनको सुरुवातमा बार्सिलोनासँगै उनी रियल म्याड्रिड जान सक्ने चर्चा पनि थियो । सबै सम्भावनालाई अन्त्य गर्दै नेयमार पिएसजीमा नै बसेका थिए ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.