default_image

5 years ago

December 13, 2019

बराबरीमा रोकिएसँगै रोमा समूह उपविजेता

94 views

0 Bookmark

एजेन्सी – अष्ट्रियन क्लब वल्सवर्गरसँग बराबरीमा रोकिएसँगै इटालियन क्लब रोमा समूह ‘जे’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । रोमा वल्सवर्गरसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु टोली रोमाले खेलमा दुईपटक अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । सातौं मिनेटमा डिएगो पेरोटीको गोलबाट रोमाले खेलमा अग्रता लिएको थियो । १०औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

१९औं मिनेटमा इडेन जेकोले गोल गर्दै रोमालाई पुनः खेलमा २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा सोनविसमनले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो ।

यो समूहबाट टर्किस क्लब इस्तानबुल बासाकसेहिर समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । इस्तानबुलले ६ खेलबाट १० अंक जोड्यो । समान खेलबाटै रोमाले ९ अंक जोड्यो । रोमालाई बराबरीमा रोकेपनि अघिल्लो चरणमा पुग्न सफल भएन ।

युरोपा लिगको अन्य खेलको नतिजा

एपोइल निकोसियाविरुद्ध सेभिल्ला (–०)

बसेलविरुद्ध ट्रावजोन्सपर (२–०)

सिएफआर क्लजविरुद्ध सेल्टिक (२–०)

डाइनामो किभविरुद्ध लुगानो (१–१)

फ्रन्कफर्टविरुद्ध भिक्टोरिया डि गुइमारेस (२–)

एफसी कोपेनहेगनविरुद्ध माल्मो (०–)

गेटाफेविरुद्ध क्रास्नोडर (३–०)

लास्कविरुद्ध स्पोर्टिङ लिस्वन (३–०)

पीएसभी इन्डोभेनविरुद्ध रोजेनवर्ग (१–१)

क्वारावागविरुद्ध एफ९१ (१–१)

रेनिसविरुद्ध लाजियो (२–०)

स्टान्डर्ड लिजविरुद्ध आर्सनल (२–२)

बेरुसिया मोन्चेनग्लाडवाचविरुद्ध इस्तानबुल (१–)

इस्पान्योविरुद्ध सिएसकेए मस्को (०–१)

जेन्टविरुद्ध एफसी ओलेक्सान्ड्रिया (–१)

लुडोगोरेट्सविरुद्ध फेरेन्कभारोस (१–१)

म्यानचेस्टर युनाइटेडविरुद्ध एजेड अल्कामार (४–०)

पार्टीजान वियोग्राडविरुद्ध एफसी एस्ताना (४–१)

रेन्जर्सविरुद्ध योङ ब्वाइज (१–१)

स्लोभान ब्राटिसलाभाविरुद्ध ब्रागा (२–)

वल्सवर्गविरुद्ध सेन्ट इटिने (१–०)

वल्भ्सविरुद्ध बेसिक्टास (४–०)

एफसी पोर्टाेविरुद्ध फियोनोर्ड (३–२)

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.