default_image

5 years ago

December 13, 2019

आर्सनल समूह विजेता बन्दै नकआउट चरणमा

69 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह ‘एफ’ को विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गर्न सफल भएको छ । बिहीबार राति बेल्जियन क्लब स्टान्डर्ड लिजसँग २–२ गोलको बराबरीमा रोकिएपनि समुह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको हो ।

बराबरीसँगै आर्सनलले ६ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रह्यो । बराबरीमा रोकिएसँगै स्टान्डर्ड लिजले समूह चरण पार गर्न सकेनन् । यो समुहबाट जर्मन क्लब फ्रन्कफर्टले दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो ।

लुइक बेल्जियममा बिहीबार राति भएको खेलमा आर्सनलले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो । ४७औं मिनेटमा स्यामुयल बास्टियनको गोलबाट घरेलु टोली स्टान्डर्ड लिजले अग्रता लिएको थियो । ६९औं मिनेटमा सेलिम अमलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।

एलेक्जेन्डर लाकाजेटले ७८औं मिनेटमा आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए । ८१औं मिनेटमा बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे । त्यसपछि थप गोल हुन सकेन ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब फ्रन्कफर्ट पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेससँग ३–२ ले पराजित भयो ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.