5 years ago
December 13, 2019
एजेन्सी – युवा फरवार्ड मासन ग्रीनवुडको दुई गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।
सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा ग्रीनवुडले दुई तथा एस्ले योङ र हुवान माटाले समान एक गोल गरे । खेलको ५३औं मिनेटमा एस्ले योङको गोलबाट युनाइटेडले अग्रता लिएको थियो ।
५८औं मिनेटमा ग्रीनवुडले युनाइटेडको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाए । त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ४–० को फराकिलो जित दिलाए ।
अन्तिम खेलमा सानदार जित निकाल्दै युनाईटेड समूह ‘एल’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्षस्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]